IME Life New

स्वास्थ्य उपचारका लागि सञ्चय कोषका सञ्चयकर्ताले तीन महिनामै पाए रू १५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले योगदानकर्ता सदस्यका लागि पछिल्लो तीन महिनाको अवधिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत १५ करोड २९ लाख रूपैयाँ  आर्थिक सहयोग विवतरण गरेको छ।

कोषले प्रकाशन गरेको विवरण अनुसार,चालू आर्थिक वर्ष २०८३।८४ को असोज मसान्तसम्म कोषले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ६ हजार ६६८ सञ्चयकर्तालाई यो रकम वितरण गरेको हो ।

Esewa
Crest

कोष अन्तर्गतको सामाजिक सुरक्षा तथा निवृत्तभरण व्यवस्थापन विभागका अनुसार स्वास्थ्योपचार सुविधा अन्तर्गत साधारण रोगको उपचारका लागि १ हजार ३६८ सञ्चयकर्तालाई ५ करोड ४२ लाख रुपैयाँ उपलब्ध गराइएको छ। यसैगरी क्यान्सर, मृगाैला रोग, मुटु रोग लगायत प्राण घातक रोगको उपचारका लागि ४२० सञ्चयकर्तालाई ५ करोड २३ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ ।

त्यसैगरी, सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत ४ हजार ७२९ सञ्चयकर्ताले ३ करोड ५४ लाख रुपैयाँ प्राप्त गरेका छन् । काजक्रिया अनुदान योजनामार्फत् ११५ जना सञ्चयकर्ताका आश्रित परिवारलाई ४६ लाख रुपैयाँ वितरण गरिएको छ ।

यस्तै, दुर्घटना क्षतिपूर्ति सुविधाअन्तर्गत १८ जनालाई ३६ लाख रुपैयाँ र कल्याणकारी योजना (विशेष आर्थिक सुविधा) १८ जनालाई २७ लाख रुपैयाँ प्रदान गरिएको विभागले जनाएको छ ।

सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत कोषले सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आर्थिक वर्षमा १ लाख रूपैयाँसम्म उपहार खर्च सोधभर्ना गर्छ। यसैगरी घातक रोगको उपचारको हकमा सेवाअवधि भरमा १० लाख रूपैयाँसम्म कोषले वितरण गरिरहेको छ।

कोषका अनुसार सुत्केरी तथा शिशु स्याहार योजना अन्तर्गत बढीमा दुई सन्तानका लागि प्रति प्रस्तूती ७ हजार ५०० सय रूपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनामा सञ्चयकर्ता वा निजको हकवालालाई २ लाख रूपैयाँसम्म, र काजकिरिया अनुदान योजनामा हकवालालाई ४० हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS