IME Life New

एनपीएल सिजन-३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो।

प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो। यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। यस पहलले खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेलको रोमाञ्चकता थप बढाएको थियो।

Esewa
Crest

त्यस्तै, पल्सर पावर प्ले प्रेडिक्शन गेममा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो। प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई पनि बजाज पल्सरले बधाई व्यक्त गरेको छ।

एनपीएल सिजन ३ लाई सफल बनाउन योगदान पुर्‍याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थक सबैप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ। नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि जोडिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS