IME Life New

होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेता घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-एक गरी विजेताहरु छनोट गर्ने जनाएको थियो।

चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ। यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो।

Esewa
Crest

यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (रु. १०,०००), प्रदेश २ बाट अफजल मियाँ (रु. १,००,०००), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (रु. १०,०००), प्रदेश ४ बाट बिज्ञान लामा (रु. १०,०००), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (रु. १०,०००), प्रदेश ६ बाट पदमबहादुर शाही (रु. ५०,०००) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (रु. १०,०००) रहेका छन्।

त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव (रु. १०,०००), प्रदेश २ बाट सुन लामा (रु. १०,०००), प्रदेश ३ बाट राजु महर्जन (रु. २५,०००), प्रदेश ४ बाट बलराम थापा (रु. ५०,०००), प्रदेश ५ बाट पुष्पा थारु (रु. १०,०००), प्रदेश ६ बाट मानसिंह दाहाल (रु. १,००,०००) तथा प्रदेश ७ बाट विनिता पाठक (रु. १०,०००) रहेका छन्।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (रु. ५०,०००), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (रु. १०,०००), प्रदेश ३ बाट दिशान्त विष्ट (रु. १०,०००), प्रदेश ४ बाट मनोज घिमिरे (रु. १०,०००), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (रु. १०,०००), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (रु. १०,०००) र प्रदेश ७ बाट जुजेस्टर राणा (रु. १०,०००) विजयी भएका छन्।

कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको  जानकारी दिएको छ। यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै, होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS