काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० को विन्दुमा झरेको हो।
बजार घट्दो नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। आज म्युचुअल फन्ड समूह ०.१२ प्रतिशतले बढ्दो होटल तथा पर्यटन समूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।
आज बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १८५ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नबिल डिबेन्चरको भएको छ।
सर्वाधिक कारोबार भएका १० कम्पनी












