IME Life New

जीवन बीमा क्षेत्रमा सर्वाधिक आयकर दाखिला गर्नेमा एलआइसी, निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ भने निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बन्न सफल भएको छ ।

एलआइसी नेपाल जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रुपमा आज नेपाल सरकारले विशेष कार्यक्रमका बीच सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एलआईसी नेपालका सिईओ प्रणय कुमारलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

Esewa
Crest

यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा उत्कृष्ट भएको भन्दै आज मंसिर १ गते कर दिवसको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कार्यक्रम सहित सम्मान गरेका छन् । कम्पनीका सिइओ विरेन्द्र वैदवार क्षेत्रीलाई प्रमाणपत्र सहित अर्थमन्त्री डा. वाग्लेले सम्मान सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS