IME Life New

एनएलजी इन्स्योरेन्सको व्यापारमा उत्साहजनक वृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म पनि कम्पनीले १० करोड १० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

चुक्तापुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ४३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड १ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ४२ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढेको हो ।

चालु वर्षको असोजसम्म कम्पनीले २१ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको हो ।

चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS