IME Life New

विश्वव्यापी दिगो बीमा शिखर सम्मेलनः जलवायु लचिलोपनलाई जोड दिँदै बीमा उद्योग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टर्की बीमा संघ (टीएसबी) र संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी)द्वारा आयोजित विश्वव्यापी दिगो बीमा शिखर सम्मेलन (जीएसआईएस)ले जलवायु जोखिम न्यूनीकरण, आर्थिक लचिलोपन सुदृढीकरण र दिगो संक्रमणको वित्तपोषणमा बीमाको भूमिकालाई प्रकाश पारेको छ।

नोभेम्बर १३ र १४ मा टर्कीको अन्टाल्यामा ‘कोप–३१ इन्स्योरेन्स हाउस’को भागका रुपमा शिखर सम्मेलन आयोजना गरिएको थियो। अर्थतन्त्र, समाज र पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा विश्वव्यापी बीमा उद्योग सामूहिक समाधानहरु छलफल गर्न कोप–३१ इन्स्योरेन्स हाउसमा भेला भए।

Esewa
Crest

कोप–३१ इन्स्योरेन्स हाउसको प्रेस विज्ञप्तिअनुसार जीएसआईएसले विपत्तिहरु आउनुअघि तयार रहन र बीमा उपलब्धता सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।

टर्की बीमा संघका महासचिव ओजगुर ओबालीको सम्बोधनबाट शिखर सम्मेलन सुरु भयो। दिगो भविष्य निर्माणमा विपद् जोखिम वित्तपोषण, प्रारम्भिक चेतावनी प्रणाली, जलवायु तथ्यांक, कृषि बीमा, खाद्य सुरक्षा, ‘ब्लु इकोनोमी’ (समुद्रमा आधारित अर्थतन्त्र) र प्रकृतिमा आधारित समाधानहरुको भूमिकाको बारेमा बोल्दै ओबालीले भने, ‘विपद् जोखिम व्यवस्थापन, कृषि बीमा र सार्वजनिक–निजी साझेदारीहरुमा टर्कीको अनुभवले अन्तर्राष्ट्रियस्तरमा ज्ञान साझेदारीमा उल्लेखनीय योगदान पुर्याउन सक्छ।’

ओबालीले जलवायु लचिलोपनलाई सुदृढ पार्नु कुनै एक क्षेत्र वा देशको जिम्मेवारी नभएरसार्वजनिक र निजी क्षेत्रहरुले मिलेर काम गर्न आवश्यक रहेको बताए। उनले भने, ‘वैज्ञानिक ज्ञान, सार्वजनिक नीति, जोखिम व्यवस्थापन, र वित्तीय समाधानहरुलाई एकअर्कालाई पूरक बनाउने तरिकाले एकसाथ ल्याउनु महत्वपूर्ण छ।’

संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी) वित्त पहलका बीमा प्रमुख बुच बाकानीका अनुसार विश्वव्यापी बीमा उद्योगको जलवायु परिवर्तनलाई सम्बोधन गर्ने, आर्थिक लचिलोपनलाई सुदृढ पार्ने र दिगो संक्रमणको प्रक्रियालाई तीव्र पार्ने रणनीतिक जिम्मेवारी छ। बकानीले भने, ‘बढ्दो भौतिक जलवायु जोखिमले बीमाको पहुँच र किफायतीतालाई खतरामा पारिरहेको छ। बीमायोग्यता ऋण र लगानीका लागि एक महत्त्वपूर्ण पूर्वसर्त बन्दै गइरहेको छ।’

बाकानीले बीमा उद्योगको जोखिम व्यवस्थापन क्षमताहरुलाई बैंकिङ, लगानी, सार्वजनिक नीति र वास्तविक अर्थतन्त्रसँग सम्बन्धित निर्णय प्रक्रियाहरुमा एकीकृत गरिनुपर्नेमा जोड दिए। जलवायु परिवर्तन र प्रकृति क्षतिले पारस्परिक रुपमा जोखिमहरुलाई सुदृढ बनाउँछ भन्ने कुरालाई जोड दिँदै बकानीले स्वस्थ पारिस्थितिक प्रणालीले विपद् जोखिम कम गर्ने र सामुदायिक लचिलोपन र बीमा उपलब्धतालाई बलियो बनाउने बताए। उनले बीमा कम्पनीहरुको जोखिम मूल्यांकन र अन्डरराइटिङ प्रक्रियाहरुमा जलवायु र प्रकृति–सम्बन्धित जोखिमहरु समावेश गर्ने यूएनईपी एफआईको कामका बारेमा पनि आफ्नो धारणा राखे।

जैविक विविधता सम्मेलनका कार्यकारी सचिव एस्ट्रिड स्कोमेकरले जलवायु परिवर्तन र जैविक विविधता क्षतिलाई सम्बोधन गर्न बीमा उद्योगले खेल्न सक्ने भूमिकालाई प्रकाश पारे। स्कोमेकरले भने, ‘बीमा कम्पनीहरुले जोखिम रोक्न र लचिलोपन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। बीमा क्षेत्रले समाजलाई भविष्यका जोखिमहरुको वास्तविकता सामना गर्न मद्दत गर्नुपर्छ।’

स्कोमेकरले मानिसहरु भविष्यका जोखिमहरु छलफल गर्नबाट टाढा रहन सक्ने र बीमा उद्योग यस विषयमा व्यावहारिक र शक्तिशाली आवाज हुन सक्न उल्लेख गरे। जोखिमहरु कम गर्ने र परिवर्तनशील परिस्थितिहरुमा अनुकूलन गर्ने आवश्यकतामा जोड दिँदै उनले भविष्यका जोखिमहरुको मूल्य निर्धारण र बीमा क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS