काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव २६ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ५८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।












