काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दो नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा समूह घटेका छन्। यो दिन नेप्से उपसमूहमा रहेको अन्य समूह सर्वाधिक ०.८१ प्रतिशतले बढेको छ भने निर्जीवन समूहमा सर्वाधिक ०.९६ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १०५ कम्पनीको शेयरभाउ बढेको छ भने १६५ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












