IME Life New

यी हुन् माछापुच्छ्रे बैंकका १८ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको कुल शेयर स्वामित्वमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने ठूला शेयरधनीहरूको संख्या १८ रहेको छ। 

बैंकका शीर्ष ५ ठूला शेयरधनीको सूचीमा कर्मचारी सञ्चय कोष पहिलो स्थानमा रहेको छ। कोषको नाममा बैंकको ९.२४ प्रतिशत अर्थात १ अर्ब ११ करोड ६६ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर स्वामित्व कायम छ।

Esewa
Crest

दोस्रो स्थानमा  प्रेम कुमारी केसीको नाममा ८.६९ प्रतिशत अर्थात १ अर्ब ५ करोड ८ लाख ९३ हजार २०० रुपैयाँ बराबरको शेयर रहेको छ भने तेस्रो स्थानमा रहेका सुरेन्द्र महतोको स्वामित्वमा ७.७४ प्रतिशत अर्थात ९३ करोड ६० लाख १० हजार ३०० रुपैयाँ बराबरको शेयर रहेको छ। 

त्यस्तै पीकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको नाममा ६.०३ प्रतिशत अर्थात ७२ करोड ८९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर स्वामित्व छ भने पाँचौं स्थानमा रहेका राम आशिष साहु सुडीको नाममा बैंकको ४.२४ प्रतिशत अर्थात ५१ करोड १८ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS