IME Life New

साढे दुई वर्षको ब्रेकपछि इन्स्योरेन्स इण्डष्ट्रिमा कमब्याक गर्दै विवेक झा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्रमा व्यक्तिगत ब्राण्ड बनाएका अनिल केशरी शाह जस्तै नेपालको जीवन बीमा क्षेत्रमा व्यक्तिगत ब्राण्ड बनाएका विवेक झा पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा फर्किने भएका छन् । अब उनी एशियन लाइफ इन्स्योरेन्समा सीईओको भूमिकामा देखिने भएका हुन् ।

नेपाल लाइफबाट बाहिरिएको झण्डै ६ वर्ष र बीमकको सञ्चालक समितिबाट बाहिरिएको साढे २ वर्षसम्म ‘लो प्रोफाइल’ मा रहेर बीमकको सञ्चालक समिति र पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त रहेका झाको ‘कमब्याक’ ले बीमा क्षेत्रमा तरङ्ग ल्याएको छ। झाको कमब्याक सम्बन्धमा समझदारी बनिसकेको भएपनि उनको नियुक्ति सम्बन्धमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अब बस्ने बैठकले निर्णय गरेपछि औपचारिकता प्राप्त गर्नेछ। विशेष करार र प्याकेज सहित पुनः इण्डष्ट्रिमा फर्किन लागेका झाको कार्यकाल बीमा ऐन २०७९ को प्रावधान बमोजिम ४ वर्षको लागि हुनेछ।

Esewa
Crest

एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष दिपक कुमार श्रेष्ठले सीईओमा कसलाई ल्याउने भन्ने बारे सञ्चालक समितिमा परामर्श र गृहकार्य भइरहेको प्रतिकृया दिएका छन्। उनले सीईओ नियुक्तिबारे इन्स्योरेन्स खबरको जिज्ञासामा भने, हामी राम्रै क्याण्डिडेट ल्याउने प्रयासमा छाैं, बोर्डले चाँडै नै निर्णय गर्नेछ ।

सम्बद्ध श्रोतका अनुसार, इन्स्योरेन्सको सञ्चालक समितिले दुई तीन दिनभित्रै सीईओ नियुक्तिको निर्णय गरिसक्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS