IME Life New

नेको इन्स्योरेन्सको सहकार्यमा मातृ स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गर्भावस्थामा आवश्यक स्वास्थ्य सचेतना, विशेषज्ञ परामर्श र सुरक्षित मातृत्वसम्बन्धी सेवामा पहुँच बढाउने उद्देश्यले काठमाडौं महानगरपालिका–१९ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एकीकृत मातृत्व स्वास्थ्य प्रवर्द्धन स्वास्थ्य शिविर सम्पन्न भएको छ। आमा सुरक्षा नेपालको आयोजनामा तथा नेको इन्सुरेन्स लिमिटेडको सहकार्यमा आयोजित शिविरमा करिब ५० जनाको सहभागिता रहेको थियो।

शिविरमा १५ जना गर्भवती महिला, उनीहरूका परिवारका सदस्य तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। सहभागीलाई गर्भावस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषण, मानसिक स्वास्थ्य, सुरक्षित शारीरिक गतिविधि तथा गर्भावस्थाका जोखिमका संकेतबारे जानकारी तथा परामर्श प्रदान गरिएको थियो।

Esewa
Crest

कार्यक्रममा निकिता संग्रौलाले प्रेग्नेन्सी योग तथा शारीरिक स्वास्थ्यसम्बन्धी सत्र सञ्चालन गर्दै गर्भावस्थामा सुरक्षित रूपमा गर्न सकिने योग तथा शारीरिक अभ्यास र परिवारको सहयोगको महत्वबारे जानकारी दिइन् ।

त्यस्तै, डा. सुष्मा ढकालले मातृ मानसिक स्वास्थ्य, पोषण तथा गर्भावस्थाका जोखिमका संकेतहरू सम्बन्धी प्राविधिक सत्र सञ्चालन गरेकी थिइन् । उनले गर्भावस्थाका क्रममा देखिने असामान्य लक्षणलाई समयमै पहिचान गरी स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिनुपर्नेमा जोड दिएकी थिइन् ।

शिविरमा सहभागी गर्भवती महिलाले स्त्रीरोग विशेषज्ञबाट व्यक्तिगत स्वास्थ्य परामर्श तथा भ्रूणको मुटुको धड्कन परीक्षण सेवा प्राप्त गरेका थिए। उनीहरूलाई गर्भावस्थामा आवश्यक सामग्रीसहितको मातृत्व किट तथा मातृत्व पहिचान ब्याज समेत वितरण गरिएको थियो।

कार्यक्रममा गर्भवती महिलाको स्वास्थ्य र सुरक्षित मातृत्वमा परिवारको भूमिकालाई समेत प्राथमिकताका साथ उठाइएको थियो। गर्भावस्थाका समयमा श्रीमान् तथा परिवारका सदस्यले भावनात्मक तथा व्यावहारिक सहयोग गर्नुका साथै आवश्यक स्वास्थ्य सेवा लिन सहजीकरण गर्नुपर्ने विषयमा सहभागीलाई जानकारी दिइएको थियो।

नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। मातृ स्वास्थ्यमा केन्द्रित यस सहकार्यले गर्भवती महिला र उनीहरूका परिवारमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै समयमै आवश्यक स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS