IME Life New

असोजसम्ममा निर्जीवन बीमकको कुल व्यापार १५ अर्ब ५४ करोड माथि, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५४ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनहिरुले ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी बिक्री गरी १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ अर्ब ६० करोड ९९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३१ करोड ९५लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले ८२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ७१ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५३ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS