IME Life New

तीन महिनामा लघु निर्जीवन बीमकले भित्र्याए रु. २४.३१ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म २४ करोड ३१ लाख रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले २४ लाख ३१ हजार कुल बीमाशुल्क संकलन गरेका हुन्। यस अवधिमा ती बीमकले ७९ हजार ६४३ वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

असोजसम्म सबैभन्दा बढी व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २० हजार २१५ वटा बीमालेख जारी गरेर ६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २३ हजार १९७ वटा बीमालेख जारी गरेर ६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै असोजसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ हजार ६०७ वटा बीमालेख जारी गरेर ६ करोड रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १७ हजार ६२४ वटा बीमालेख जारी गरेर ५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS