IME Life New

तीन महिनामा लघु जीवन बीमकको करिब सवा ३४ करोड व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म करिब सवा ३४ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्म ३ वटा लघु जीवन बीमकहरुले ३४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म ती कम्पनीहरुले १ लाख ९६ हजार ३२१ वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

चालु वर्षको असोजसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १ लाख ३५ हजार ९७० वटा बीमालेख जारी गरेर १२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी लिबर्टी माइक्रो लाइफले ३६ हजार ४९ वटा बीमालेख जारी गरेर ११ करोड ९७ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले २४ हजार ३०२ वटा बीमालेख जारी गरेर ९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS