काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १० करोड ६६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २३ दशमलव ९० प्रतिशतले घटेको हो ।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २७ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५८ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ थियो।
चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले २ अर्ब २३ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५ दशमलव ३३ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको असोजसम्म २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६ दशमलव ८२ प्रतिशतले बढेको छ।
शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ १ पैसा रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ५० पैसा रहेको छ।











