काठमाडौं । इन्डोनेसियाली वन डढेलोबाट निस्कने धुँवा अब अन्य देशहरुमा पुग्दै छ। जसले छिमेकी देशहरुको हावा प्रदूषित गरिरहेको छ।
गत बुधबार (अक्टोबर १४) मा सिंगापुरको पश्चिमी क्षेत्रमा पीएम २.५ को स्तर प्रतिघनमिटर २८४ माइक्रोग्राम पुगेको छ। जुन यस वर्षको उच्चतम हो।
यसैबीच पूर्वी तिमोरी सरकारले अक्टोबर १५ देखि तीन दिनका लागि बालबालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएको छ। डढेलोेको धुँवाबाट बढेको वायु प्रदूषणका कारण सरकारले यो निर्णय गरेको हो।
इन्डोनेसियामा सुक्खा मौसम र एल निनोसँग सम्बन्धित अवस्थाले वन डढेलोलाई बढावा दिइरहेको छ। वन डढेलोको प्रभाव इन्डोनेसियामा मात्र सीमित छैन। सिंगापुर र मलेसियामा पनि वायु गुणस्तर बिग्रँदै गएको छ। जसले गर्दा श्वासप्रश्वासमा कठिनाइ भइरहेको छ।
हावाको गुणस्तर खराब भएकाले मलेसियाका धेरै क्षेत्रमा विद्यालयहरु बन्द गरिएका छन्। –एजेन्सी












