IME Life New

प्रथम त्रैमासमा साढे ७४ अर्बको बीमा व्यापार, जीवन र निर्जीवन बीमकको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म बीमा कम्पनीहरुले साढे ७४ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ७४ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीहरुले ६३ अर्ब २९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १७.७४ प्रतिशतले बढेको छ।

Esewa
Crest

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ५८ अर्ब ७२ करोड ९३ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्ममा जीवन बीमा कम्पनीहरुले ५० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको असोजसम्म जीवन कम्पनीहरुले १३ अर्ब ९२ करोड ३ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ४४ अर्ब ८० करोड ८९ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष असोजसम्म कम्पनीहरुले १० अर्ब ६६ करोड १५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ३९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३०.५७ प्रतिशत र नवीकरण बीमाशुल्क १२.८५ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको असोजसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष असोजसम्म कम्पनीहरुले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २२.१६ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोजसम्म कुल जारी जीवन बीमालेख संख्या २४ लाख १२ हजार ८२७ र कुल जारी निर्जीवन बीमालेख संख्या ९ लाख १५ हजार ७१७ रहेको छ। अघिल्लो वर्ष असोजसम्म कुल जारी जीवन बीमालेख संख्या १९ लाख ८३९ र कुल जारी निर्जीवन बीमालेख संख्या ७ लाख ८० हजार ६१३ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षामा अवधिमा कुल जारी जीवन बीमालेख संख्या २६.९३ प्रतिशत र कुल जारी निर्जीवन बीमालेख संख्या १७.३१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS