काठमाडौं । शेयर बजार शुक्रबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने एउटा समूह घटेको छ। निर्जीवन बीमा समूह सर्वाधिक ०.६५ प्रतिशतले बढ्दा अन्य समूह ०.८८ प्रतिशतले घटेको छ।
आज बजारमा १५८ कम्पनीको शेयरभाउ बढेको छ भने १०७ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा आज ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घोराही सिमेन्टको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












