IME Life New

नेप्सेका नवनियुक्त सीईओ सुवेदीद्वारा पदबहाली, यस्तो छ प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताव सुवेदीले आज शुक्रबारबाट पदबहाली गरेक छन्।
नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयबमोजिम सुवेदी नेप्सेको सीईओमा नियुक्त भएका हुन्। उनले नेप्से सञ्चालक समितिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेप्सेमा कार्यरत कर्मचारीसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा नवनियुक्त सीईओ सुवेदीले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, कारोबार सदस्यलगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवर्द्धन गर्ने सन्दर्भमा प्रचलति नियमको परिपालना, संस्थागत सुशासन, प्राविधिक सुधार तथा जनशक्ति व्यवस्थापनमा जोड दिने प्रतिबद्धता गरेका छन्।

Esewa
Crest

पर्वत कुश्माका स्थायी निवासी सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। अध्ययन, अध्यापन तथा प्रशिक्षणमा रुचि राख्ने सुवेदीले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकमा गरी तीन दशक लामो कार्यानुभव हासिल गरेका छन् भने नेको इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास बैंकमा सञ्चालक र कोष व्यवस्थापन कम्पनीमा सञ्चालक समितिको अध्यक्षका रुपमा कार्य गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS