IME Life New

ग्लोबल आइएमई बैंकको प्रतिशेयर नेटवर्थमा लगातार वृद्धि, विगत ५ वर्षमा कतिले बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रतिशेयर नेटवर्थमा पछिल्ला ५ आर्थिक वर्षमा निरन्तर उल्लेख्य सुधार देखिएको छ।

बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७८।७९ देखि आर्थिक वर्ष २०८२।८३ सम्म बैंकको प्रतिशेयर नेटवर्थ लगातार उकालो लागेको छ। जसले बैंकको वित्तीय स्थायित्व, बलियो पुँजीगत आधार र जगेडा कोषको दिगो वृद्धिलाई स्पष्ट रुपमा देखाउँछ।

Esewa
Crest

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८।७९ मा बैंकको प्रतिशेयर नेटवर्थ १५८.६० रुपैयाँ रहेको थियो। त्यसपछिको आर्थिक वर्ष २०७९।८० मा यसमा सुधार भई १६५.०९ रुपैयाँ पुग्यो। आर्थिक वर्ष २०८०।८१ मा नेटवर्थ बढेर १६९.९७ रुपैयाँ कायम भयो भने आर्थिक वर्ष २०८१।८२ सम्म आइपुग्दा यो १७४.८० रुपैयाँमा पुगेको थियो।

यसै क्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८२।८३ मा बैंकको प्रतिशेयर नेटवर्थ थप ७.८३ रुपैयाँले वृद्धि भई १८२.६३ रुपैयाँ पुगेको छ।

विगत पाँच वर्षको अवधिमा बैंकको नेटवर्थमा कुल २४ रुपैयाँ ०३ पैसाको ठोस बढोत्तरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS