IME Life New

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग चर्को धराैटी माग, थुनामुक्त गर्न अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला अदालतले बीमा र धितो पत्र सम्बन्धी कसूरमा मुद्दा चलाइएका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको एकल इजलासले बिहीबार थुनछेकको सुनुवाइपछि आदेश गर्दै अग्रवालसँग बेग्ला बेग्लै गरी कुल ५ करोड ८० लाख रूपैयाँ र भट्टसँग २ करोड ५० लाख रूपैयाँ धराैटी मागेको छ।

Esewa
Crest

अदालतले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ  र भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी माग माग गरेको हो। धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग एक करोड ५० लाख रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गर्न न्यायाधीश आचार्यले आदेश गरेका छन् ।

प्राथमिकतामा राखेर असार २४ गतेदेखि लगातार एक सातासम्म उनीहरूविरूद्धको थुनछेक बहस गरिएको थियो । दुबै पक्षको बहस जिकीर पछि अदालतले मुद्दाको सिलसिलामा थुनामा राख्नुपर्ने आवश्यक नभएको निष्कर्ष सहित धराैटीमा रिहा गर्न आदेश गरेको हो।

काठमाडाैं जिल्ला अदालतबाट बिहीबार भएको आदेश ।

यसबाहेक, हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर नक्कली असाइनमेन्ट कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

बीमा ऐन २०७९ र धितो पत्र सम्बन्धी ऐन २०६३ को कसूरमा उनीहरूविरूद्ध धराैटी माग गरेर रिहा गर्ने आदेश गरेपनि अन्य मुद्दाका कारण दुबै अभियुक्तहरू थुनामै रहनेछन् । उनीहरूविरूद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले  पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेकाले सो मुद्दावापत थुनामा रहने भएका हुन्।

बीमा ऐन धितो पत्र सम्बन्धी ऐनको कसूरमा अन्य प्रतिवादीविरूद्ध दायर मुद्दामा पनि न्यायाधिश आचार्यले धराैटी माग गर्ने आदेश गरेका छन् । जस अन्तर्गत सुलभ अग्रवालका छोरा कृषव अग्रवाल, बीमा कम्पनीका पूर्व सञ्चालक दिपक कुमार श्रेष्ठ सहित ४२ जना, नेपाल माइक्रो इन्स्योरेन्सको लगानी समिति सदस्य सुजल मल्ल समेत ८१ जनालाइ धराैटी माग गरेर थुनामुक्त गर्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS