काठमाडौं । एप्पलले फेरि एकपटक ठूलो उपलब्धि हासिल गरेको छ। अब विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि प्राप्त गरेको छ। पहिले एनभिडिया विश्वकै मूल्यवान कम्पनी थियो।
अप्रिल २०२५ पछि यो पहिलोपटक हो कि एप्पल बजार पुँजीकरणको हिसाबले नम्बर एक स्थानमा पुगेको छ। लगानीकर्ताहरु अब एआईको बजार चम्किँदा एप्पलतिर आकर्षिक भइरहेका छन्। जसले एप्पललाई फाइदा पुर्याइरहेको छ।
शुक्रबार एप्पलको बजार पुँजीकरण लगभग ४.८८ ट्रिलियन पुगेको छ। एनभिडियाको बजार पुँजीकरण यसको शेयरभाउ ३.५ प्रतिशत घटेपछि लगभग ४.८६ ट्रिलियन डलरमा झरेको छ। यो परिवर्तनलाई प्राविधिक उद्योगका लागि एउटा प्रमुख परिवर्तन मानिन्छ।
एनभिडियाले सन् २०२५ जुनदेखि यो उपाधि जितेको थियो। डाटा केन्द्रहरुमा प्रयोग हुने एआई मोडेल र चिप्सको ठूलो माग थियो। जसले एनभिडियाको शेयरभाउलाई रेकर्ड उच्चमा पुर्याएको थियो।
लामो समयदेखि एप्पललाई एआईको दौडमा माइक्रोसफ्ट, गुगल र मेटाजस्ता कम्पनीभन्दा पछि परेको देखिन्थ्यो। अब यस्तो देखिन्छ कि लगानीकर्ताहरूको मनोवृत्ति परिवर्तन हुँदैछ। –एजेन्सी












