IME Life New

डा. बुद्धि मल्लको दोस्रो कृति “सपना सकार हुन्छन्” बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, डा. बुद्धि मल्लद्वारा लिखित दोस्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ। यसअघि “सफलता सम्भव छ” नामक पुस्तक बजारमा ल्याईसकेका लेखक डा। मल्लले अहिले “सपना साकार हुन्छन्” पुस्तक ल्याएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज भएको बिमोचन कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता र नेपाल ब्यवस्थापन संघका अध्यक्ष डा.हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Esewa
Crest

कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समिक्षा गरेका थिए । सो पुस्तकमा सानो सोंच्ने जोखिमबाट बच्छ, ठुलो सोंच्ने ईतिहांस रच्छ, संधैभरी बिद्यार्थी, प्रतिकूलता परिक्षा हो, आंशु पुछ्ने हात नै महान् हुन्छन्, कोमल ओठबाट बाणजस्तो शब्द ननिकाल्नु, सफल दाम्पत्यको लागि मनको कुरा बुझ्नुपर्छ, नेतृत्वका प्रकारः असल, खराब र कुरुप, अवसरलाई नचिन्ने संधै बन्छ खिन्न, समस्या समाधानमा फाईभ ह्वाई सिद्धान्त जस्ता बिभिन्न शिर्षकहरुमा ४९ वटा सन्देशमुलक लेखहरु संग्लग्न छन ।

बैंकर समेत रहेका लेखक मल्लको अघिल्लो पुस्तक “सफलता सम्भव छ” मा समावेश गरिएका लेखकहरुको सार समेत समावेश गरिएकोले पुस्तक सबै बर्गहरुको लागि उपयोगी भएको बक्ताहरुले बताएका थिए।

पूर्व संचारकर्मी तथा बैंकर कल्पना मल्ले सञ्चालन गर्नुभएको कार्यक्रममा पुस्तक नेपालभर बिभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाईनबाट र शिखा बुक्स मार्फत प्राप्त गर्न सकिने बताएको छ ।

पुस्तकले मानिसहरुमा केहि हदसम्म नकारात्मकता हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने लेखक डा। मल्लले बिश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS