काठमाडौं । विश्वव्यापी कम्पनी, मेटा इंकले सञ्चालन गरिरहेको डिजिटल सामाजिक सञ्जाल फेसबुकको डेस्कटप कम्प्युटर भर्सन अाइतबार िदउँसोदेखि खुल्न छोडेको छ।
प्रयोगकर्ताहरूका अनुसार,आइतबार दिउँसो १ः३० बजेदेखि चल्दाचल्दैको फेसबुक अकाउण्टहरूमा ‘Account Temporarily Unavailable’ भन्ने सूचना सहितको जानकारी देखा पर्न थालेको हो । सूचनाको विस्तृत विवरणमा ‘Your account is currently unavailable due to a site issue. We expect this to be resolved shortly. Please try again in a few minutes.’ (साइट समस्याका कारण तपाइको खाता तत्काल उपलब्ध छैन। हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गरिररहेका छाैं । कृपया केहीबेरपछि पुनः प्रयास गर्नुहोला ।)
यो प्राविधिक समस्याबारे मेटाले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
यद्दपी नेपालमा डेस्कटपबाट फेसबुक पेज चलाउनेहरूले यो समस्याको सामना गर्नुपरेपनि मोबाइल डिभाइसमा फेसबुक यथावत सञ्चालनमा रहेको छ।
इन्टरनेटमा उपलब्ध विवरणका अनुसार, नेपाल मात्र नभएर दक्षिण एशिया लगायत विश्वका अन्य थुप्रै भूभागमा फेसबुक चल्न छोडेको छ। यसका पछाडी फेसबुकको सर्भर डाउन भएकाले यस्तो समस्या देखिएको जानकारी प्रकाशमा आएको छ।
सामाजिक सञ्जाल लगायत वेबसाइटहरूमा आउने प्राविधिक गडबडी र चल्न छोड्ने समस्याबारे निगरानी गरिरहेको छ, सेवा प्रदायक डाउनडिटेक्टरका अनुसार, विश्वभरका प्रयोगकर्ताहरूले आफ्नो फेसबुक खाता खोल्न र आधारभूत सुविधाहरू प्रयोग गर्न कठिनाइ सामना गर्नुपरिरहेको छ।
टर्कीए टुडेले प्रकाशन गरेको समाचार अनुसार, स्थानीय समय अनुसार, आइतबार बिहान १०:३९ बजेतिर फेसबुक समस्याहरू तीब्ररूपमा बढेको रिपोर्ट देखायो ।












