IME Life New

केवाईसी: सम्पत्ति शुद्धीकरण निवारणसँग जोडिएको संवेदनशील विषयमा खेलाँची कहिलेसम्म ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितलाई दिने सेवाका लागिमात्र नभएर सम्पत्ति शुद्धीकरण निवारणका लागिसमेत बीमित पहिचान (केवाईसी) प्रक्रिया संवेदनशील र महत्वपूर्ण हो।

बीमित र बीमा कम्पनीबीच औपचारिक सम्बन्ध विस्तारको प्रारम्भ विन्दुमै बीमकले कसले बीमालेख खरिद गर्दैछ ? बीमितको पृष्ठभूमि के हो ? भन्ने विस्तृत जानकारी संकलन गर्ने प्रक्रिया केवाईसी हो।

Esewa
Crest

ग्राहकको पृष्ठभूमिको संवेदनशीलताका आधारमा साधारणदेखि गहन ग्राहक पहिचानसम्मको प्रक्रिया बीमकले केवाईसीको चरणमा पूरा गर्नुपर्छ। यसरी संकलित विवरणले बीमालेख कायम रहँदासम्म बीमालेखको प्रस्ताव, दाबी र भुक्तानीका सम्बन्धमा कुनै अनुसन्धान गर्नुपर्दा वा विवादको समाधान गर्नुपर्दा केवाईसीमा उपलब्ध विवरणहरु महत्वपूर्ण आधारमा रुपमा प्रयोग हुन्छन्।

सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि पनि ग्राहकको पूर्ण पहिचान खुलाउनु अत्यावश्यक हुन्छ। तर, प्रारम्भिक चरणमै बीमकले ग्राहकको पहिचान स्पष्ट खुल्ने गरी विवरण संकलनमा चासो राखेका छैनन्।

प्राधिकरणले प्रस्तावकको पृष्ठभूमि, बीमांकको आकार, निहीत जोखिमका आधारमा साधारणदेखि गहनसम्म ४ प्रकारले ग्राहक पहिचान गर्नुपर्ने निर्देशन दिएको छ। यथार्थ भने ठीक उल्टो छ। ग्राहकको पहिचान गर्ने फाराममा बीमितको ई–मेल, बैंक खाता नम्बर र यकीन मोबाइल वा फोन नम्बरसमेत उल्लेख गरिएको हुँदैन।

प्राधिकरणले बीमकको स्थलगत सुपरिवेक्षणका क्रममा बीमा फाइलमा समावेश गरिएको बीमित पहिचान फारम होस् वा सफ्टवेयरमा प्रविष्टि गरिएको बीमित पहिचानसम्बन्धी, दुवैमा अपर्याप्त विवरणहरु समावेश गरिएको फेला पर्ने गरेको छ।

१५ वर्षभन्दा पुराना जीवन बीमकहरुमा पहिचान हुन नसकेका बीमितलाई भुक्तानी दिनुपर्ने रकमको आकार अर्बभन्दा बढी छ। १५ देखि २५ वर्ष अघिदेखि सञ्चालनमा रहेका जीवन बीमकले बीमा प्रस्तावमा बीमितको सम्पर्क विवरण, परिवारका सदस्यको विवरण पर्याप्त रुपमा उल्लेख नगरेको वा बीमितको बसोबास ठेगाना, फोन नम्बर परिवर्तन भए पनि बीमकले जानकारी अध्यावधिक नगरेका हुँदा यस्तो रकम थुप्रिएको अवस्था छ।

बीमितलाई भुक्तानी गर्न बाँकी २० वर्ष अघिदेखिको रकम नेपाल बीमा प्राधिकरणले जफत गरेर बीमित हित संरक्षणको काममा खर्च गरिदिन सक्छ। बीमितले दुःख गरेर बीमाको किस्ताको रकम जम्मा गरेको तर बीमितसँगको सम्पर्क टुट्दा दाबी भुक्तानी प्राप्त गर्नुपर्ने समयमा रकम नपाउँदा बीमितप्रति अन्याय हुन्छ। यस्तो अवस्था जीवन बीमकको हितमा पनि हुँदैन।

प्रस्ताव फारममा समेत बीमितबारे अधुरो र अपुरो जानकारी संकलन गरिएको हुन्छ। अधिकांश बीमितको आयस्रोत कृषि पेसा उल्लेख गरिएको हुन्छ। यसको पुष्ट्याइँका लागि कुनै कागज प्रमाण समावेश गरिँदैन। बीमालेख प्रस्तावमा इच्छयाइएको व्यक्तिको पहिचान पुष्टि हुने गरी विवरणसमेत उल्लेख गरिएको हुन्न।

बीमितको इच्छ्याइएको व्यक्तिको विवरण उल्लेख नहुँदा बीमितको निधनपछि दाबी भुक्तानी दिनका लागि हकवालाको पहिचान गर्ने सहजताका लागि इच्छ्याइएको व्यक्तिको विवरण उल्लेख गर्नु अनिवार्य हुन्छ। धेरैजसो जीवन बीमालेख प्रस्तावमा इच्छ्याइएको व्यक्ति नै उल्लेख छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS