IME Life New

जीवन बीमकको ३७.८७% ले बढ्यो नयाँ व्यापार, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकले नयाँ व्यापारमा आकर्षक प्रगति देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु वर्षको साउनमा ४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष २०८२।८३ को साउनमा कम्पनीहरुले ३ अर्ब २७ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुको नयाँ व्यापार ३७.८७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। नयाँ व्यापार १४ वटै कम्पनीको बढेको छ।

चालु वर्षको साउनमा नेपाल लाइफले १ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ३०.८५ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिमा कम्पनीले ५३ करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार २५.५९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ४२ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष साउनमा २२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ४१.६९ प्रतिशतले बढेर ३२ करोड २८ लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा अवधिमा हिमालयन लाइफले ३० करोड ५३ लाख रुपैयाँ, सिटिजन लाइफले २९ करोड ७६ लाख रुपैयाँ, आइएमई लाइफले २५ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २४ करोड ८९ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले २३ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको २८.२७ प्रतिशत, सिटिजन लाइफको १८.९९ प्रतिशत, आइएमई लाइफको ६६.९२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ४९८.८९ प्रतिशत र एलआईसी नेपालको १०.१६ प्रतिशतले नयाँ व्यापार बढेको छ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफले १९ करोड १ लाख रुपैयाँ, एसियन लाइफले १८ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड ४२ लाख रुपैयाँ, मेट लाइफले १४ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १४ करोड ९ लाख रुपैयाँ र सन नेपाल लाइफले १० करोड ७४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबै कम्पनीको नयाँ व्यापार बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS