IME Life New

चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको रुपमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (KABIL) आवद्द भएको छ । कृषि, पर्यटन र उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक मोडेलसहित क्रियाशील किसान एग्रोबेसले सिजन ३ र ४ को लागि चितवन राइनोजलाई सह-प्रायोजन गरेको हो।

नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा स्थापित हुँदै गएको एनपीएलसँगको यो सहकार्यले कृषि उद्यम र खेलकुदलाई एउटै मञ्चमा उभ्याएको कम्पनीले जनाएको छ । २०८१ चैत २१ गतेबाट काठमाडौँमा प्रधान कार्यालय स्थापना गरी सञ्चालनमा आएको KABIL ले छोटो अवधिमै धनकुटा, मोरङ, नवलपरासी लगायतका देशका विभिन्न स्थानमा व्यवसायिक उपस्थिति जनाईसकेको छ । कृषि क्षेत्रमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ भन्ने सैद्धान्तिक मान्यतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ संस्था अघि बढेको छ ।

Esewa
Crest

विश्व बजारमा नेपाली उत्पादनको व्यापक उपस्थिति स्थापित गर्ने लक्ष्यसहित KABIL ले कृषिजन्य वस्तुको प्रसोधन तथा शितभण्डारण, प्राकृतिक खनिजयुक्त पानी तथा विशेष पेय पदार्थहरु, औषधीय जडीबुटी तथा मसलाहरू, पशुजन्य  तथा दुग्धजन्य उत्पादनहरूको उत्पादन तथा बजारीकरण र कृषिमा आधारित पर्यटन लगायतका पाँच विशेष व्यावसायिक क्षेत्र पहिचान गरी व्यवसाय विस्तार तीव्र पारेको छ ।

उत्पादनदेखि प्रशोधन, भण्डारण र बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत रूपमा सञ्चालन गर्ने यो प्रयासले किसानलाई उचित मूल्य, उपभोक्तालाई गुणस्तरीय उत्पादन र देशलाई निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुग्ने संस्थाको विश्वास रहेको छ । चितवन देशकै प्रमुख कृषि उत्पादन क्षेत्र तथा पर्यटकीय गन्तव्य भएकाले चितवन राइनोजसँगको सहकार्यलाई KABIL ले आफ्नो व्यावसायिक दर्शनसँग स्वाभाविक रूपमा मेल खाने साझेदारीका रूपमा लिएको छ ।

सहकार्यबारे प्रतिक्रिया दिँदै KABIL का अध्यक्ष सुमन न्यौपानेले भने “नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा विकसित हुँदै गएको NPL मा चितवन राइनोजको सह-प्रायोजकका रूपमा जोडिन पाउँदा र यस पर्वको विस्तारमा हाम्रो तर्फबाट एक ईंटा थप्न पाउँदा हामी खुशी छौँ । कृषि र खेलकुद दुवैको आधार मेहनत, अनुशासन र टिमवर्क हो । यस सहकार्यमार्फत हामी नेपाली कृषि उत्पादन र युवा ऊर्जालाई एउटै मञ्चमा जोड्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS