IME Life New

कर्जा प्रवाह बढ्यो, उत्पादनशील क्षेत्रमा भने लगानीको प्रश्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह झन्डै दोब्बर भए पनि उत्पादनशील क्षेत्रमा लगानी विस्तारको अवस्था भने मिश्रित देखिएको छ। कृषि क्षेत्रमा कर्जा घटेको छ भने खनिज, औद्योगिक उत्पादन, निर्माण र व्यापारलगायतका क्षेत्रमा कर्जा विस्तार भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा ४९ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस वर्षको सोही अवधिमा कर्जा प्रवाह ४४ अर्ब २८ करोड रुपैयाँले बढी हो।

Esewa
Crest

गत वर्षको तुलनामा कर्जा प्रवाह बढे पनि त्यसले अर्थतन्त्रमा उत्पादन, रोजगारी र व्यावसायिक गतिविधि कति विस्तार गर्यो भन्ने प्रश्न महत्त्वपूर्ण छ। बैंकबाट कर्जा प्रवाह हुनु र त्यसको प्रभावबाट वास्तविक उत्पादन बढ्नु फरक विषय हुन्। कर्जा कुन क्षेत्रमा गएको छ, त्यसको उपयोग कसरी भएको छ र त्यसले अर्थतन्त्रमा कस्तो प्रतिफल दिएको छ भन्ने आधारमा मात्रै कर्जा विस्तारको प्रभाव मूल्यांकन गर्न सकिन्छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरुको कर्जा १.७ प्रतिशतले बढेको छ। विकास बैंकहरुको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरुको १.४ प्रतिशतले विस्तार भएको छ। वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

क्षेत्रगत रुपमा हेर्दा खनिज क्षेत्रमा सबैभन्दा धेरै १०.४ प्रतिशत कर्जा विस्तार भएको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ७.३ प्रतिशत कर्जा बढेको छ। निर्माण क्षेत्रमा ३.७ प्रतिशत र सेवा उद्योग क्षेत्रमा २.७ प्रतिशत कर्जा विस्तार भएको राष्ट्र बैंकको तथ्यांक छ।

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशत कर्जा बढेको छ। उपभोग्य क्षेत्रमा भने कर्जा विस्तारको दर ०.२ प्रतिशत मात्रै छ।

उत्पादनसँग सम्बन्धित केही क्षेत्रमा कर्जा बढ्नुले ती क्षेत्रमा लगानीको माग विस्तार भइरहेको संकेत गर्छ। विशेषगरी खनिज, यातायात उपकरण र धातुजन्य उत्पादन क्षेत्रमा देखिएको कर्जा वृद्धिले औद्योगिक तथा व्यावसायिक गतिविधिमा लगानीको सम्भावना देखाउँछ। तर, कर्जा वृद्धिलाई मात्रै आधार बनाएर उत्पादन र रोजगारीमा समेत सुधार आएको निष्कर्ष निकाल्न सकिँदैन। त्यसका लागि सम्बन्धित क्षेत्रको वास्तविक उत्पादन, क्षमता उपयोग र रोजगारी सिर्जनाको अवस्थासमेत हेर्नुपर्छ।

यस अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा २.२ प्रतिशतले घटेको छ। वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा पनि ४.७ प्रतिशतले कम भएको छ। निजी क्षेत्रमा समग्र कर्जा विस्तार भइरहेका बेला कृषि क्षेत्रमा कर्जा घट्नुले बैंकिङ लगानीको क्षेत्रगत प्राथमिकताबारे प्रश्न उठाउँछ। कृषि उत्पादन, व्यावसायिक खेती तथा कृषि प्रशोधनमा कर्जाको उपलब्धता र उपयोगको अवस्था महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा कर्जा घट्नुको कारण थप अध्ययन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS