काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा बृद्धि भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ।
यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।












