IME Life New

अबको ५ दिन यस्तो रहनेछ नेपालको मौसम अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका साथै भोलि कात्तिक १२ गते (बिहीबार) देखि देशमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहन सक्ने मौसम विज्ञान विभागको मौसम पूर्वामानु महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्थाः हाल देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ।

Esewa
Crest

यस्तो छ ५ दिनको मौसम पूर्वानुमान
कात्तिक ११ गते (बुधबार)
दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम् प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हल्कासम्मको वर्षाको सम्भावना छ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वषा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।

२०७३ कात्तिक १२ गते (बिहीबार)
दिउँसोः कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ। कोशी, मधेश, बागमती प्रदेशको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

रातिः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७३ कात्तिक १३ गते (शुक्रबार)
दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा÷हिमपातको पनि सम्भावना रहेको छ।

रातिः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ। देशका अधिकांश स्थान मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानमा भारी वर्षा तथा हिमपात सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपातको पनि सम्भावना रहेको छ।

२०८३ कात्तिक १४ गते (शनिबार)
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात सम्भावना छ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपातको पनि सम्भावना रहेको छ।

२०८३ कात्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का सम्मको वर्षा तथा हिमपातको सम्भावना छ। तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS