IME Life New

विशाल ग्रुप सहप्रवर्द्धक रहेको ग्रीन भेञ्चरको आम्दानी रू १ अर्ब ६० करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ग्रीन भेञ्चर लिमिटेडको वार्षिक आम्दानी १ अर्ब ६० करोड रूपैयाँभन्दा माथि पुगेको छ।

गत आर्थिक वर्षमा यो कम्पनीले विद्युत बिक्री र बैंक ब्याजबाट १ अर्ब ६४ करोड रूपैयाँ आम्दानी गरेको छ। विशाल ग्रुप र त्रिवेणी ग्रुप प्रवर्द्धक रहेको यो कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ मा ५२.४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा जलविद्यु अायोजनाको सञ्चालनमा नियमितताका साथै  सुधारिएको पावर लोड फ्याक्टर(पिएलएफ)का कारण आम्दानीमा वृद्धि देखिएको हो। अावको चैत, बैशाख महिनामा सुरूङ र इलेक्ट्रोमेकानिकल उपकरणहरूको आकस्मिक मर्मत संभारका लागि ३३ दिन उत्पादन ठप्प हुँदा, त्यो वर्ष अाम्दानी घेको थियो।

मर्मतका लागि उत्पादन बन्द भएर अघिल्लो आवमा पावर लोड फ्याक्टर ५६.६३% मा खस्किएको थियो। गत आर्थिक वर्षमा उत्पादन नियमित हुँदा पिएलएफमा सुधार भएर ६२.४१% पुगेको इन्फोमेरिक्सले जनाएको छ।

यसका साथै, कम्पनीको कर, ह्रासकट्टी र बहाल अघिको नाफा मार्जिन अघिल्लो आर्थिक वर्षमा ८१.७४% रहेकोमा गत आर्थिक वर्षमा ८५.८७% पुगेको छ। कम्पनीको कर पछिको नाफा मार्जिन गत आर्थिक वर्षमा २३.७६% रह्यो।

९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको लिखु खोला आयोजनाका लागि सर्वसाधारणमा शेयर निष्काशन गरेर कम्पनीले ५२ लाख ५० हजार कित्ता शेयरमार्फत ६२ करोड ५० लाख रुपैयाँ मूल्य जुटाएको थियो। कम्पनीमा सर्वसाधारणको २० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी रहेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार, अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले १ अर्ब ४७ करोड ७० लाख रूपैयाँ मात्र आम्दानी गरेको थियो।

हाल ३ अर्ब ४३ करोड ७५ लाख रूपैयाँ चुक्ता पूँजी रहेको ग्रीन भेन्चर्सले गत भदाै १० गते कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको छ ।

कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्द्ध जलाशययुक्त आयोजनाको विकास तथा निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ ।

इन्फोमेरिक्स नेपालले कुल ७ अर्ब ७९ करोड ५१ लाख बैंक ऋण सुविधा प्रयोजनका लागि ६ अर्ब ६४ करोड ५१ लाख रूपैयाँ दीर्घकालीन कर्जाका लागि त्रिपल बी र १५ करोड अल्पकालीन कर्जाका लागि ए थ्री रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS