IME Life New

उर्जामा लगानी गरिरहेको झापाली कम्पनी इष्टर्न सहाराले पायो ‘डब्बल बी’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापाको बिर्तामोडमा मुख्यालय रहेको लगानी कम्पनी, इष्टर्न सहारा कम्पनी लिमिटेडले प्रस्तावित सार्वजनिक शेयर निष्काशन (आइपीओ) का लागि डब्बल बी रेटिङ पाएको छ।

रेटिङ एजेन्सी, केयर रेटिङ्गस नेपालबाट इष्टर्न सहाराले प्रस्तावित साधारण शेयर निष्काशनका लागि यस्तो रेटिङ पाएको हो। केयर रेटिङ्गसका अनुसार, नेपालमा यस्तो रेटिङ प्रापक शेयर जारीकर्ता कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम निहित हुन्छ।

Esewa
Crest

इष्टर्न सहाराले ३० करोड रूपैयाँ चुक्ता पूँजी जुटाउनका लागि प्रति कित्ता रू. १०० अंकित मूल्यमा ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ।

शेयर निष्काशन र बिक्री प्रबन्धनका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ। आइपीओ जारी गर्न ग्लोबल ओइएमइ क्यापिटल र इष्टर्न सहाराबीच २ वर्ष अघि २०८० फागुन १ गते नै समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

चालू आर्थिक वर्ष २०८१।८२ को चैत्र मसान्तसम्ममा यसको नेटवर्थ १ खर्ब १० करोड ८० लाख रूपैयाँ रहेको छ। साैर्य उर्जा र जलविद्युत आयोजनामा लगानी गरेको यो कम्पनीले शेयर पूँजीबाटै वित्तीय श्रोत जुटाएकाले स्थापनादेखि नै यो ऋणबाट मुक्त अवस्थामा छ। यसबाहेक यो कम्पनीले कुनै पनि कर्जा वा पूँजी लगानीका लागि संस्थागत प्रत्याभूति समेत प्रदान गरेको छैन।

कुल १ अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीले गत चैत्र मसान्तसम्ममा कुल १ अर्ब २ करोड ८० लाख रूपैयाँ लगानी गरिसकेको छ।

न्यून सञ्चालन खर्चका कारण लाभांश र ब्याज आम्दानीबाटै कर्मचारी र प्रशासनिक खर्च धानिरहेको छ। चैत्र मसान्तसम्ममा यसको नगद माैज्दा ७ करोड ४० लाख रूपैयाँ रहेको छ।

कम्पनीले हरित कर्जामा जोड दिंदै जलविद्युत, कृषी पर्यटन, लघुवित्त, सवारीसाधन र साैर्य उर्जा परियोजनामा लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS