IME Life New

आधा दर्जन हाइड्रोपावर कम्पनीमा एसियन लाइफको रु. ६७ करोड लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आधा दर्जन हाइड्रो पावर (जलविद्युत) कम्पनीहरूमा ६७ करोड रूपैयाँभन्दा बढी पैसा लगानी गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरणअनुसार सूचीकृत हुन बाँकी रहेका ६ वटा जलविद्युत उत्पादक कम्पनीहरूको शेयर पूँजीमा कुल ६७ करोड ३० लाख रूपैयाँ लगानी गरिएको हो।

Esewa
Crest

जलविद्युत आयोजनाहरूमा लगानीको माध्यमबाट नविकरण उर्जा उत्पादनलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाई छ।

वार्षिक प्रतिवेदन अनुसार, बराह मल्टीपावर लिमिटेड, युनिटेक हाइड्रोपावर लिमिटेड, माबिलुङ एनर्जी, ट्रष्ट एनर्जी, मिल्के जलजले हाइड्रोपावर, मुनलाइट हाइड्रोपावर कम्पनी र सुपर बागमती हाइड्रो पावरमा शेयर लगानी गरिएको छ।

यी मध्ये सुपर बागमती हाइड्रोपावरमा सर्वाधिक ३० करोड ५० लाख रूपैयाँ लगानी गरेको छ। यसैगरी युनिटेक हाइड्रोपावर लिमिटेडमा १२ करोड रूपैयाँ पूँजी लगानी गरेको छ। ताप्लेजुङ जिल्लामा ५.८ मेगावाट क्षमताको माथिल्लो फावा जलविद्युत आयोजना निर्माण गरिरहेको युनिटेक हाइड्रोपावरमा कम्पनीले आव २०८०।८१ थप ६ करोड लगानी थपेर १२ करोड रूपैयाँ पुर्‍याएको हो।

यसैगरी हाल सार्वजनिक शेयर निष्काशन गरिरहेको माबिलुङ एनर्जी लिमिटेडमा एशियन लाईफको कुल ५ करोड रूपैयाँ लगानी छ।

मुनलाइट हाइड्रोमा ९ करोड, ट्रष्ट एनर्जीमा ६ करोड ८० लाख, मिल्केजलजले हाइड्रोपावरमा ३ करोड ९० लाख र बराह मल्टी पावर लिमिटेडमा १० लाख रूपैयाँ लगानी गरेको छ।

यसबाहेक धितोपत्र बजार नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरूमा पनि उल्लेख्य लगानी गरेको छ।

अप्पर तामाकोशीमा २ करोड ४५ लाख ५१ हजार र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीमा ७ लाख ९७ हजार रूपैयाँ लगानी गरेको छ।

वार्षिक प्रतिवेदनमा उल्लेख गरिए अनुसार, हाइड्रोपावरमा लगानीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने मात्र नभएर हरित उर्जा प्रवर्द्धनको माध्यमबाट जलवायू परिवर्तनको घातक प्रभाव कम गर्न समेत सहयोग पुग्ने विश्वास कम्पनीको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS