IME Life New

क्यापजेमिनीको चेतावनीः युवा नलोभ्याए जीवन बीमा संकटमा, ‘मृत्युको भय’ मात्र अब अपर्याप्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी जीवन बीमा उद्योग यतिबेला एक निर्णायक मोडमा आइपुगेको छ। अनुसन्धान संस्था क्यापजेमिनीले हालै सार्वजनिक गरेको ‘विश्व जीवन बीमा प्रतिवेदन २०२६’ले परम्परागत बीमा स्वरुपमा गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनले बीमकहरुलाई ‘मृत्युपछिको आर्थिक सुरक्षा’ को पुराना प्रतिज्ञामा मात्र भर नपर्न स्पष्ट चेतावनी दिएको छ।

४० वर्ष मुनिका युवा

Esewa
Crest

प्रतिवेदनका अनुसार जीवन बीमा क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण बजार ४० वर्ष मुनिका ग्राहक हुन्। यो समूहले बीमाशुल्कको भविष्यको हिस्सा ओगटेको छ। तर, यी युवाहरुले बीमालाई परम्परागत रुपमा भन्दा पनि ‘तत्काल प्राप्त हुने मूल्य’का रुपमा हेर्न थालेका छन्।

४० वर्षमुनिका उपभोक्ता डिजिटल प्रथम अर्थतन्त्रमा हुर्केकाले उनीहरु तत्काल सेवामा पहुँच, पारदर्शिता र व्यक्तिगत वित्तीय परामर्श खोज्छन्। धेरै युवाले त्यस्तो उत्पादनमा पैसा लगानी गर्नु बुद्धिमानी ठान्दैनन्, जसको प्रतिफल दशकौँपछि वा मरेपछि मात्र पाइन्छ।

‘जीवन बीमा’ अब ‘जीवनका लागि बीमा’ हुनुपर्ने

क्यापजेमिनीले बजार वृद्धिका लागि ‘जीवन बीमा’ को अवधारणालाई मृत्युपछिका लागि नभएर ‘जीवनका लागि बीमा’ बनाउन सुझाव दिएको छ। यसको अर्थ बीमित जीवित छँदै उसले महसुस गर्न सक्ने सेवाहरु प्रदान गर्नु हो । स्वास्थ्य सचेतना र मानसिक तथा शारीरिक स्वस्थ्यता कार्यक्रम, दैनिक जोखिम व्यवस्थापन र वित्तीय लचिलोपन।

सन्दुकमा होइन मोबाइल वालेटमा

बीमालाई केवल ‘कागजी प्रतिज्ञा’ मा सीमित नराखी ‘सक्रिय साझेदारी’ बनाउनु जरुरी छ। बीमालेखको धितोमा तत्कालै(अनलाइनबाटै) कर्जा झिक्न सकिने, तत्कालै भुक्तानी गर्न सकिने सुविधा, चुक्तामूल्यका आधारमा बीमालेख अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न सकिने लचकता, बीमांक रकम थप्न वा घटाउन सकिने लचकता, स्वास्थ्य र दुर्घटना उपचारको सुविधा, बीमाशुल्कको पैसा पुँजी बजार(नेप्से) मा लगानी गरेर प्रतिफल बढाउने सुविधालगायतका लचिलोपन जीवन बीमा योजनामा समावेश गरिनु जरुरी भइसकेको छ।

बैंक र फिनटेकबाट चुनौती

पछिल्लो १५ वर्षमा व्यक्तिगत लगानी विविधीकरणमा जीवन बीमा सम्पत्तिको हिस्सा २३ प्रतिशतले घटेको छ।बीमकहरुले अहिले केवल अर्को बीमा कम्पनीसँग मात्र नभएर बरु बैंक, फिनटेक फर्म र डिजिटल वित्तीय सेवा प्रदायकहरुसँग पनि प्रतिस्पर्धा गरिरहेका छन्। यी प्रतिस्पर्धीले युवा ग्राहकलाई एकीकृत प्रणाली (लगानी, स्वास्थ्य मापन र पुरस्कार) मार्फत आकर्षित गरिरहेका छन्।

नेपालमा पनि ४० वर्ष मुनिका युवाको संख्या ठूलो छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार हाल नेपालमा ४२.५६ प्रतिशत युवाको जनसंख्या छ। नेपाल बीमा प्राधिकरणले ‘डिजिटल बीमा’ र ’लघु बीमा’ लाई प्राथमिकता दिइरहेको सन्दर्भमा यो विश्वव्यापी प्रतिवेदन नेपाली बीमकका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ। यदि नेपाली बीमा कम्पनीहरुले युवापुस्ताको अपेक्षाअनुसार उत्पादनहरु ‘पुनसंरचना’ गरेनन् भने सन् २०४० सम्म बीमाशुल्क वृद्धिदर सुस्त रहने प्रक्षेपण प्रतिवेदनले गरेको छ।

प्रतिवेदनको निष्कर्ष

बीमा कम्पनीहरु अब केवल ‘मृत्युको डर’ बेचेर बजारमा टिक्न सक्ने छैनन्। उनीहरुले बीमितको जीवनको हरेक पाइलामा साथ दिन ‘देखापर्ने प्रतिफल’ प्रदान गर्नैपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS