IME Life New

भारतमा स्वास्थ्य बीमामा ठगी राेक्न एआईकाे प्रयाेग, भारू साढे ९ कराेड जरिवाना असुली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारत सरकारले स्वास्थ्य बीमा याेजनामा हुँदै आएकाे ठगी नियन्त्रणका लागि कृत्रिम बुद्धिमता र प्रविधिमा आधारित सिकाई लागू गरेकाे छ। स्वास्थ्य बीमा याेजनामा सहभागी स्वास्थ्य संस्थाहरूले बिरामीकाे उपचार नै नगरी र असम्बन्धित उपचारवापतकाे खर्च समेत दाबी गरेर सरकारी काेषमा ठगी गर्ने क्रम बढेपछि नियन्त्रणका लागि आधुनिक प्रविधिकाे प्रयाेग शुरु गरेकाे हाे ।

भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचारविरुद्धकाे पहलका आधारमा स्वास्थ्य बीमा योजना आयुष्मान भारत-प्रधानमन्त्री जन आरोग्य योजनाले छाेटाे अवधिमै भारु ९ कराेड पचास लाख रुपैयाँ जरिवाना असुली गरेकाे छ । यसैगरी ५३ हजार कथित बीमितकाे स्वास्थ्य बीमा कार्ड जफत गरेकाे छ। यसैगरी २१० वटा अस्पतालहरुलाई सूचीबाट हटाइएकाे छ।

Esewa
Crest

भारत सरकारले ८ अगस्त २०२३ देखि स्वास्थ्य बीमा याेजनामा ठगी नियन्त्रणका लागी कृत्रिम बुद्धिमताकाे प्रयाेग शुरू गरेकेा घाेषणा गरेकाे थियाे ।

इकाेनाेमिक टाइम्सका अनुसार भारतमा सन् २०१८ मा लागू गरिएकाे स्वास्थ्य बीमा याेजना अन्तर्गत गत अगस्ट महिनासम्ममा २४‍ कराेड ३३ लाख सुविधा कार्ड वितरण गरिएकाे छ।

नेपालमा पनि निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था र शिक्षण अस्पतालहरूले फर्जी बिजक प्रयाेग गरेर स्वास्थ्य बीमा दाबीवापतकाे रकममा ठगी गरेकाे निष्कर्षपछि स्वास्थ्य बीमा बाेर्डले हाल याे कार्यक्रम सरकारी अस्पतालहरूबाट मात्र उपलब्ध गराई रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS