IME Life New

नेपाल लाईफको संचालक र सिइओलाई बीमा ऐन अनुसार यस्तो हुनसक्छ कारवाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणको निर्देशनविपरित अमित कुमार कयालको नियुक्तिलाई निरन्तरता दिंदै पद्दोन्नती समेतको गरेको नेपाल लाईफ इन्स्योरेन्सको संचालक र प्रमुख कार्यकारी अधिकृत समेत कारवाहीमा पर्न सक्ने देखिएको छ ।

बीमा ऐन २०७९ को परिच्छेद १९ कारवाही, कसुर तथा दण्ड सजाय अन्तर्गत दफा १३४ मा कुनै बीमकले ऐन वा ऐन अन्तर्गतको नियम, विनिमय वा निर्देशन वा आदेश उलंघन गरेको पाइएमा त्यस्तो बीमक वा निजकको कुनै संचालक, पदाधिकारी वा अन्य बीमा सेवा प्रदायकलाई प्राधिकरणले कारवाही गर्न सक्ने उल्लेख छ ।

Esewa
Crest

यी हुन् कयाललाई गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा सिफारिस गर्ने व्यक्तिहरु

दफा १३४ को क र ख मा लिखितरुपमा सचेत गराउने, सुधारका लागी कबुलियत गराउने वा निश्चित अवधि तोकी कुनै सुधार गर्न आदेश दिने प्रावधान बमोजिम प्राधिकरणले क र ख दुबै कारवाहीको प्रकृया अवलम्बन गरिसकेको छ । अझै पनि नेपाल लाईफको उच्च व्यवस्थापन र संचालक समितिले प्राधिकरणको निर्देशनको अवज्ञा गरिरहेकाले सोही दफाको ग, घ,ङ,च,छ उपदफाहरुमा बीमकको सम्पत्ति वा बहिखाता नियन्त्रणमा लिने, शेयरधनीलाई लाभांश, बोनश शेयर,हकप्रद शेयर वितरणमा रोक लगाउने, संचालक, पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, बीमा मध्यस्थकर्तालाई निलम्बन गर्ने वा निलम्बन गर्न बीमकलाई निर्देशन दिने, बीमा व्यवसाय संचालन गर्न आंशिक वा पूर्णरुपमा रोक लगाउने, इजाजत पत्र प्राप्त बीमक खारेजी गर्न सम्बन्धित उच्च अदालतसमक्ष निवेदन दिने सम्मको प्रावधान रहेको छ ।

प्राधिकरणले नेपाल लाईफ इन्स्योरेन्सलाई अमित कुमार क्याललाई बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को प्रावधान विपरित योग्यता नै नपुगी सहायक महाप्रबन्धक पदमा नियुक्त गरेकोमा २०७८ माघ १४ गते पत्र जारी गर्दै संस्थागत सुशासन निर्देशिकाको जानाजान उलंघन गरेको ठहरसहित १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते

कयालको नियुक्तिमा संस्थागत सुशासन निर्देशिकाको उलंघनमा कारवाही गरेपछि नियुक्ति प्रकृया सच्याउनुपर्नेमा नेपाल लाईफले प्राधिकरणको कारवाहीविपरित निजको अवैध नियुक्तिलाई निरन्तरता दिंदै छोटो अवधिमै संचालक समितिले पद्दोन्नती गरेर एकै पटक तीन तह नायब प्रमुख कार्यकारी अधिकृत पदमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%
happy

खुसी

15%
sad

दु :खी

54%
amazed

अचम्मित

15%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS