IME Life New

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्ण भएको थियो ।

कार्यक्रममा कम्पनीका व्यवस्थापक, अभिकर्ताहरु गरी देशैभरीबाट करिब २०० जनाको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०८२÷८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको कर्पोरेट क्लव अवार्ड कार्यक्रम भब्य कार्यक्रमका बीच सम्मान गरेको थियो ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता पेशा अंगालेर उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरुलाई कम्पनीले उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको बताए ।

यस प्रकारका सम्मानले अभिकर्ता लिडरहरुमा आत्मसम्मानका साथ अझ थप व्यवसायिक सफलता हासिल गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त समेत उनले व्यक्त गरे ।

आगामी दिनमा पनि अभिकर्ताहरुलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट साथ, सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाइ रहँदा आर्थिक वर्ष २०८३/८४ मा तयारी जीतको वर्षका रुपमा अर्को सफलताको मानांक बनाउन सबै सहभागीहरुमा उत्प्रेरणा प्रदान गरे ।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोन बहादुर मगरले आफ्नो सम्बोधनका क्रममा आर्थिक वर्ष २०८२/८३ को सफलताले आर्थिक वर्ष २०८३/८४ को तयारी जीतको लक्ष्य एचिभ हुनेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS