काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिकामा स्थानीय सरकारसँग बीमा प्रवद्र्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साह प्रमुख अतिथी र नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले अध्यक्षता गरेका थिए ।
नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख राजेन्द्र मर्हजनले स्थानीय तहमा बीमाको अवस्था पहिचान गर्नुका साथै बीमाको पहुँच विस्तार र जनचेतना अभिवृद्धि गर्नको लागी निरन्तर रुपमा प्राधिकरणले आफना गतिविधिलाई अगाडी बढाएको जानकारी दिए ।
स्थानीय सरकारसँग समन्वय गरी बीमा प्रवर्द्धन गर्ने र बीमित, बीमक तथा बीमा मध्यस्थकर्ताको नियमनसम्बन्धी प्राधिकरणको भूमिकाबारे बारेमा छलफल गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नेपाल बीमा प्राधिकरणले स्थानिय सरकार सगँ गरेको कार्यक्रम प्रभावकारी भएकाले अझ यसलाई आगामी दिनमा जन जन समक्ष पुयाउनुपर्ने धारण राखेका थिए ।
बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार साहले बीमाको विस्तारको लागी पालिकाले सहयोग गर्ने प्रतिवद्धता र गत जेन्जी आन्दोलनमा भएको क्षतिको भुक्तानी ढिलो भएको र बीमाको दावी प्रक्रिया ढिलो हुने भएकाले नेपाल सरकारले बीमाको विषयमा गुनासो लाई तत्काल सम्बोधन गर्ने व्यावस्था गरेको खण्डमा उपयुक्त हुने बताए ।
गाउँपालिकाले आगामी समयमा बीमाको जनचेतना लागी र विस्तारको लागी निरन्तर रुपमा बीमा प्राधिरण सगँ समन्यय गरेर कार्यक्रम गर्ने बताए । बीमाको बीमा पहुँच हुदैमा विश्वास विना को बीमा दिगो नहुने धारणा राखे ।
कार्यक्रममा सहभागी कृषकहरूले किसानहरुले धानबाली कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या र दाबी भुक्तानी प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।
बुद्धशान्ति गाउँपालिका–३ का कृषक खेमराज बास्तोलाले नेपाली बीउबाट उत्पादित बालीको बीमा हुने तर धान र कोबीको बीमा नहुने गरेको भन्दै प्रश्न उठाए । गाईको वास्तविक मूल्यअनुसार बीमा गर्न कम्पनीहरूले आनाकानी गर्ने गरेको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको तथा गोठ र उत्पादनको बीमा कसरी गर्ने भन्ने विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरूले कोरोना बीमाको भुक्तानी अझै नपाएको गुनासो समेत गरेका थिए ।
छलफलका क्रम मा आएका प्रश्नको जवाफ दिदै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र महर्जनले “स्थानीय तहमा बीमाको पहुँच विस्तार गर्ने, बीमासम्बन्धी विद्यमान समस्या पहिचान गर्ने र नागरिकमा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या, बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीसँग सम्बन्धित गुनासालाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको र यसलाई सम्बोधन गर्न लागी परेको उनले बताए ।
बीमितले सहज रूपमा सेवा पाउने वातावरण बनाउन बीमा कम्पनीहरूलाई नियमन तथा आवश्यक सहजीकरण गर्ने ,स्थानीय तहसँगको सहकार्यमा कृषक, व्यवसायी तथा सर्वसाधारणलाई बीमाको दायरामा ल्याउन अन्तरक्रियालाई निरन्तरता दिएको सो अवसरमा जानकारी दिए ।











