IME Life New

मुद्दति निक्षेप घट्दा कुल निक्षेपमा बचतको हिस्सा ५०% नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संरचनामा ठूलो फेरबदल आउँदै बचत निक्षेपको हिस्सा ५० प्रतिशतको नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को ३ महिना (असोज मसान्त) सम्मको तथ्यांकअनुसार, कुल निक्षेपमा बचत निक्षेपको अंश ४९.३ प्रतिशत कायम भएको हो। गत आर्थिक वर्ष २०८२ को असोज मसान्तमा कुल निक्षेपमा बचतको हिस्सा ३८.७ प्रतिशत मात्र रहेकोमा एक वर्षको अवधिमा १०.६ प्रतिशत विन्दुले वृद्धि भएको देखिएको छ।

Esewa
Crest

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउँदै लगेपछि निक्षेपकर्ताहरु मुद्दति खाताको सट्टा साधारण बचत खातामै रकम राख्न आकर्षित हुँदा बचतको हिस्सा ह्वात्तै बढेको हो।

बचत निक्षेपको हिस्सा ५० प्रतिशत नजिक पुग्दा उता मुद्दति निक्षेपको अंशमा भने भारी गिरावट आएको छ। २०८२ असोज मसान्तमा कुल निक्षेपमा ४६.४ प्रतिशत हिस्सा ओगटेको मुद्दति निक्षेप एक वर्षको अवधिमा १२.४ प्रतिशत विन्दुले घटेर २०८३ असोज मसान्तमा ३४.० प्रतिशतमा सीमित भएको छ। गत असार मसान्तमा मुद्दति निक्षेपको अंश ३५.३ प्रतिशत रहेकोमा असोज मसान्तसम्म आइपुग्दा थप १.३ प्रतिशत विन्दुले घटेको हो।

यसैगरी, समीक्षा अवधिमा चल्ती निक्षेपको हिस्सा पनि सामान्य रुपमा बढेको छ। २०८२ असोज मसान्तमा ६.५ प्रतिशत रहेको चल्ती निक्षेपको अंश २०८३ असोज मसान्तमा ७.६ प्रतिशत पुगेको छ। यद्यपि, असार मसान्त (८.१ प्रतिशत) को तुलनामा भने केही कम हो।

यस्तै, अन्य निक्षेपको हिस्सा २०८२ असोज मसान्तको ८.५ प्रतिशतबाट बढेर २०८३ असोज मसान्तमा ९.१ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS