IME Life New

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा बीमा प्रारम्भ मितिबाट २ वर्ष भित्रको व्यतित बीमालेखहरूमा १०० प्रतिशत छुट, बीमा प्रारम्भ मितिबाट २ वर्ष देखि ३ वर्ष अवधिसम्म व्यतित बीमालेखहरूमा ७५ प्रतिशत छुट र बीमा प्रारम्भ मितिबाट ३ वर्ष भन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरूमा ५० प्रतिशत छुट पाइनेछ ।

Esewa
Crest

यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।

यस भन्दा पहिले बीलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।

बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS