IME Life New

बीमा कम्पनीले ठूला पूर्वाधारमा बैंकसँगै मिलेर कर्जा लगानी गर्न पाउने गरी ऐन संशोधन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूमा थुप्रिएको ९ खर्ब रूपैयाँभन्दा ठूलो रकमलाई जलविद्युत् र ठूला पूर्वाधारका काममा लगाउन बाटो खोल्ने गरी बीमा ऐन, २०७९ संशोधन गर्न लागिएको छ। संशोधनको मस्यौदामा ऐनको दफा ६९ बीमा कम्पनीले गर्न नहुने कामहरूको उपदफा १ का खण्ड ग र छ लाई फेरेर बैंकहरूसँग मिलेर ऋण लगानी गर्न पाउने व्यवस्था थप्न खोजिएको हो।

अहिलेको ऐनअनुसार बीमा कम्पनीहरूले जीवन बीमाको धितोमा बीमितलाई ऋण दिन र आफ्नै कर्मचारीलाई नियमअनुसार सापटी दिन बाहेक अरू कसैलाई कुनै पनि खालको ऋण दिन पाउँदैनन्।

Esewa
Crest

तर, अबको संशोधनमा त्यो नियमलाई अलि खुकुलो बनाउँदै बैंक तथा वित्तीय संस्थाले नेतृत्व गरेको सहवित्तीयकरण कर्जामा सहभागी हुन यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन भन्ने बुँदा थप्न प्रस्ताव गरिएको छ। मस्यौदामा उल्लेख भएअनुसार बीमा कम्पनीमा थुप्रिएको ठूलो पुँजीलाई लगानीको क्षेत्र फैलाएर पूर्वाधारमा लगाउन आवश्यक देखिएकाले यो परिवर्तन गर्न लागिएको हो।

यस्तै, दफा ६९ को उपदफा १ कै अर्को खण्डमा रहेको शेयर वा धितोपत्र भन्ने शब्दबाट शेयर वा हटाएर धितोपत्र मात्र राख्न प्रस्ताव गरिएको छ। कानुनी रूपमा शेयर र धितोपत्रको एउटै अर्थ लाग्ने भएकाले दोहोरिने र अलमल पार्ने शब्द हटाइएको मस्यौदामा लेखिएको छ।

अहिले बीमा कम्पनीहरूसँग खर्बौँ रुपैयाँ लगानी गर्न मिल्ने पैसा छ, जसको धेरैजसो हिस्सा बैंकको मुद्दती खातामा मात्र थन्किएको छ। अब बैंकहरूको नेतृत्वमा हुने संयुक्त कर्जामा सहभागी हुन पाउँदा जलविद्युत्, सडक, पर्यटन र अरू ठूला पूर्वाधार आयोजनाका लागि लामो अवधिको पूँजी जुटाउन निकै सजिलो हुनेछ।

बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा बीमा कम्पनीहरूको आम्दानी घट्दै गएको छ। बैंकसँग मिलेर सिधै आयोजनाहरूमा ऋण लगानी गर्दा बीमा कम्पनीहरूको कमाईको बाटो फराकिलो हुन्छ र यसले बीमितले पाउने बोनस दरमा पनि राम्रो असर पार्न सक्छ।

ठूला आयोजनामा एक्लै वा थोरै बैंक मिलेर लगानी गर्न पूँजी र नियमको सीमाले गाह्रो भइरहेको बेला बीमा कम्पनीहरू पनि सँगै आउँदा बैंकहरूलाई लगानीको जोखिम बाँड्न सजिलो हुनेछ।

बीमा कम्पनीहरूसँग ऋणको जोखिम जाँच्ने अनुभव कम हुने भएकाले बैंकको नेतृत्वमा मात्र लगानी गर्न पाउने सर्त राखिनु राम्रो हो। तर, डुब्ने खालको खराब कर्जाबाट बीमितको पैसा जोगाउन नेपाल बीमा प्राधिकरणले लगानीको सीमा र मापदण्ड भने कडा बनाउनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS