काठमाडौं । पछिल्लो समय विदेशी संस्कार र देखासिकि गर्ने चलन नेपालमा पनि बढ्दो छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगांठ तथा अन्य अवसरमा साथीभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित हुन थालेको छ । त्यसैको उदाहरण बनेका छन् गोरखाका एक दम्पत्ति ।
आरुघाट गाउँपालिका वडा नम्बर २, गोरखा निबासि बिनोद गुरुङले आफ्नी जीवन साथी रिमा गुरुङको जन्मदिनको अवसरमा १० लाखको जीवन बीमा पोलिसि उपहार दिएका छन् ।
सिटिजन लाइफको गोरखा शाखाबाट सिटिजन जीवन सारथी योजना खरिद गरेका दम्पत्तिले भोलिको अवकास जीवन सुनिश्चित हुने, आज जोखिम बहन र फजुल खर्च कम भई बचतमा बानि समेत पर्ने बताउँदै जीवन बीमा गरेको बताए ।
उक्त बीमालेख कम्पनीकी एजेन्सी म्यानेजर प्रिती गुरुङ (रिना) ले हस्तान्तरण गरेकी हुन् ।











