IME Life New

तीन महिनामा जीवन बीमकहरुबाट अभिकर्तालाई कमिसनबापत रु. ४ अर्ब बढी भुक्तानी, कसले कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म अभिकर्तालाई कमिसनबापत ४ अर्ब रुपैयाँ बढी भुक्तानी गरेका छन्।

वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्म १४ वटा जीवन बीमकले अभिकर्तालाई कमिसनबापत ४ अर्ब १० करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ मा कम्पनीहरुले यस्तो भुक्तानी ३ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो भुक्तानी १७.६६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म अभिकर्तालाई कमिसनबापत सर्वाधिक भुक्तानी गर्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले आइएमई लाइफ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा कम्पनीको अभिकर्तालाई कमिसनबापत भुक्तानी गर्ने रकम बढेको छ भने एउटाको घटेको छ।

चालु वर्षको असोजसम्म नेपाल लाइफले अभिकर्तालाई कमिसनबापत १ अर्ब ७ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९६ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको यस्तो भुक्तानी १२.२७ प्रतिशतले बढेको छ।

दोस्रो धेरै अभिकर्तालाई कमिसन भुक्तानी गर्नेमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले ४७ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेकोमा समीक्षा अवधिमा २१.२१ प्रतिशतले बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

यसैगरी अभिकर्तालाई कमिसनबाट धेरै भुक्तानी गर्ने तेस्रो कम्पनीमा हिमालयन लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४० करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको भुक्तानी १४.७२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम अभिकर्ता कमिसन भुक्तानी गर्नेमा मेटलाइफ रहेको छ। यो कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको भुक्तानी १४.७९ प्रतिशतले बढेको छ।

अभिकर्तालाई कमिसनबापत कसले कति भुक्तानी गरे ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS