IME Life New

‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दपूर्ण वातावरण अभिवृद्धि गर्ने उद्देश्यले २०८३ मंसिर ५ र ६ गते धन्वन्तरी फुटसल मैदानमा पहिलोपटक ‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा २० वटै वाणिज्य बैंकहरूको सहभागिता रहनेछ । प्रतियोगिता पुरुष तथा महिला गरी दुई विधामा सञ्चालन हुनेछ ।

बैंकिङ क्षेत्रका कर्मचारीहरूलाई व्यवसायिक कार्यक्षेत्रभन्दा बाहिर एकै ठाउँमा भेला गराई आपसी मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसले कर्मचारीहरूबीच टिमवर्क, स्वस्थ प्रतिस्पर्धा, मनोरञ्जन तथा शारीरिक र मानसिक स्वास्थ्य र संस्थागत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै खेलकुदप्रतिको रुचि र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने संघले विश्वास लिएको छ ।

Esewa
Crest

प्रतियोगिताको तयारीस्वरूप संघले प्रि–टुर्नामेन्ट ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतियोगिताको ट्रफी तथा खेल तालिका सार्वजनिक गरिएको थियो । साथै, सहभागी बैंकका टिम व्यवस्थापकहरूलाई प्रतियोगितासम्बन्धी नियम, खेल सञ्चालन प्रक्रिया तथा आवश्यक व्यवस्थापकीय पक्षहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा एन्फाका रेफ्रीले खेलका नियम तथा प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराउँदै सबै सहभागी टोलीलाई अनुशासित, मर्यादित र खेलभावनाका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका थिए ।

नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको नीतिगत तथा संस्थागत विकासका साथै सदस्य बैंकहरूबीच सहकार्य र सम्बन्ध विस्तारका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसैको निरन्तरताका रूपमा आयोजना हुन लागेको संघको पहिलो अन्तर–बैंक फुटसल कपलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS