IME Life New

जाभा र इन्जिनिक्समा गम्भीर साइबर कमजोरी भेटिएपछि उच्च सतर्कता अपनाउन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज र इन्जिनिक्स वेब सर्भरमा गम्भीर प्रकारका सुरक्षा कमजोरीहरू पहिचान भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। केन्द्रले मिति बिहीबार सार्वजनिक सूचना  जारी गर्दै सम्पूर्ण सरकारी निकाय, संघसंस्था तथा महत्वपूर्ण सूचना पूर्वाधार सञ्चालकहरूलाई तत्काल सुरक्षा उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।

केन्द्रका अनुसार सन् २०२६ को नोभेम्बरमा सार्वजनिक भएका जाभाफोरसेल (Java4Shell – CVE-2026-114938) र इन्जिनिक्स(NGINX2Root) दुई गम्भीर साइबर कमजोरीका कारण प्रणाली तथा सर्भरहरू जोखिममा परेका छन्। यी कमजोरीको दुरुपयोग गरी ह्याकरहरूले सर्भरमा अनधिकृत पहुँच प्राप्त गर्ने, संवेदनशील डेटा तथा पासवर्ड चोरी गर्ने, वेबसाइट बिगार्ने, सेवा अवरुद्ध पार्ने र सम्पूर्ण प्रणालीमाथि नियन्त्रण कायम गर्न सक्ने उच्च जोखिम रहेको केन्द्रले जनाएको छ।

Esewa
Crest

यसबाट बच्न केन्द्रले प्रभावित जाभाका पुराना संस्करणहरू(Java 8, 17, 21, 25, 27 ) र इन्जिनिक्स (NGINX 1.30.6 वा सोभन्दा अघिल्ला र 1.31.8 सम्मका संस्करणहरू) लाई तत्काल नयाँ र सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको छ। यदि तत्काल अपग्रेड गर्न सम्भव नभएमा अस्थायी सुरक्षा उपायहरू अपनाउन, इन्टरनेटमा प्रत्यक्ष जोडिएका र संवेदनशील प्रणालीहरूलाई प्राथमिकतामा राखेर मर्मत गर्न तथा कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै केन्द्रमा जानकारी गराउन समेत अनुरोध गरिएको छ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले देशका सरकारी तथा महत्वपूर्ण पूर्वाधारहरूको डिजिटल सुरक्षा सुनिश्चित गर्न यो एडभाइजरी जारी गरेको हो। जाभा र इन्जिनिक्स विश्वभर र नेपालका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका वेबसाइट, एप्लिकेसन तथा सर्भरहरू सञ्चालन गर्न सबैभन्दा बढी प्रयोग हुने प्रविधिहरू हुन्। एकैपटक यी दुबै प्रविधिमा गम्भीर कमजोरी देखिँदा ठूलो सङ्ख्यामा प्रणालीहरू जोखिममा परेका छन्। सर्भर नै ह्याकरको नियन्त्रणमा जाने जोखिमहरूले ह्याकरहरूलाई टाढैबाट सर्भरमा आफ्नै कोड चलाउन र सर्भरको पूर्ण नियन्त्रण लिन सक्ने सुविधा दिन्छन्।

यदि समयमै प्रणाली अपडेट नगरिएमा सरकारी तथा नागरिकका गोप्य विवरणहरू चोरी हुने, डेटा मेटिने वा परिवर्तन हुने र महत्वपूर्ण अनलाइन सेवाहरू पूर्ण रूपमा ठप्प हुन सक्ने सम्भावना रहन्छ। सकमजोरीहरू सार्वजनिक भइसकेपछि साइबर अपराधीहरूले तुरुन्तै त्यसको फाइदा उठाएर आक्रमण सुरु गर्न सक्छन्। त्यसैले, आक्रमण हुनुभन्दा अगावै प्रणाली सञ्चालकहरूलाई सचेत गराउन र सफ्टवेयर अपडेट गराउन यो सूचना जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS