काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले आज मंसिर ९ गते एक सूचना जारी गर्दै दरखास्त आब्हान गरेको हो । संस्थाले कनिष्ठ सहायकका लागि ३० जना माग गरेको हो ।
यस पदका लागि न्युनतम एसएलसी वा सो सरहको परीक्षा पास भएको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी ज्ञान भएकोलाई विशेष प्राथमिकता दिइनेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।












