काठमाडौं । नेपाल राष्ट्र बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको छ।
केन्द्रीय बैंकले सहायकदेखि सहायक निर्देशकसम्मका पदमा दरखास्त आह्वान गरेको हो। ती पदमा कुल ६१ जना नयाँ भर्ना गर्न लागिएको छ। जसमा ३५ जना सहायक निर्देशक र २६ जना सहायक पदमा आवेदन दिन सकिनेछ।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएकोले इच्छुक तथा योग्य उम्मेदवारले आज कात्तिक २७ गतेदेखि विद्युतीय माध्यममार्फत दरखास्त पेस गर्न सक्नेछन्।
दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १७ गतेसम्म र दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।
Open-Competition-Vacancy-2083










