काठमाडौं । आफ्नो पछिल्लो अपडेटमा माइक्रोसफ्टले भनेको छ कि यसको सेवाहरु सुधार गर्न र आउटेज समाधान गर्न गरिएका परिवर्तनहरु अपेक्षाकृत रुपमा काम गरिरहेका छैनन्।
कम्पनीले यो समस्यालाई सम्बोधन गर्न अन्य तरिका परीक्षण गरिरहेको छ। जसले गर्दा यसको प्रणालीहरुमा धेरै दबाब नदिई धेरै प्रयोगकर्तालाई यसको प्लेटफर्ममा पहुँच गर्न अनुमति दिइन्छ। पहिले कम्पनीले चेतावनी दिएको थियो कि यदि तिनीहरुले बढेको ट्राफिक प्राप्त गरेमा पुनस्र्थापित सेवाहरुले फेरि काम गर्न बन्द गर्न सक्छन्।
माइक्रोसफ्टको वेबसाइटका अनुसार ४३ करोडभन्दा बढी मानिसले माइक्रोसफ्ट ३६५ एप प्रयोग गर्छन्। यसमा आउटलुक र टिम्सजस्ता सदस्यता सेवा समावेश छन्।
कम्पनीका अनुसार फर्च्युन ५०० कम्पनीमध्ये ९० प्रतिशतभन्दा बढीले यसको एआई च्याटबोट कोपाइलट प्रयोग गर्छन्।
ट्रयाकिङ प्लेटफर्महरुका अनुसार माइक्रोसफ्ट ३६५ प्रयोग गर्ने कम्पनीो संख्या ३ देखि ४ लाखको बीचमा छन्। –एजेन्सी











