IME Life New

‘बोसलाई फिर्ता ल्याऊ’, एनभिडियाका कर्मचारी चाहन्छन् जेन्सेन हुआङ फर्केर आऊन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वसीईओ जेन्सेन हुआङको फिर्ताका लागि एनभिडियाका कर्मचारीमाझ बढ्दो समर्थन छ।

खबरहरुअनुसार कम्पनीका लागि सिर्जना गरिएको आन्तरिक सुझाव बाकसमा १ हजार ६०० भन्दा बढी टिप्पणी प्राप्त भएका छन्। जसमा कर्मचारीहरुले सञ्चालक समिति (बोर्ड)लाई हुआङलाई अर्को मौका दिन विचार गर्न सल्लाह दिएका छन्।

Esewa
Crest

वायर्ड रिपोर्टअनुसार सुझाव बाकसमा रहेका अधिकांश कर्मचारीले हुआङको फिर्तीलाई समर्थन गरेका छन्। एक कर्मचारीले लेखे, ‘यदि तपाइँ कम्पनीको लक्ष्यमा विश्वास गर्नुहुन्छ भने हाकिमलाई फिर्ता ल्याउनुहोस्।’

अर्का कर्मचारीले हुआङको बचाऊ गर्दै लेखे, ‘हामी सबै मानव हौँ र गल्ती गर्न सक्छौँ। जेन्सेनले धेरै राम्रो काम गरेका छन्। उनी अर्को मौकाको हकदार छन्।’

एनभिडियाका अर्का कर्मचारीले सम्पूर्ण कम्पनीलाई ई–मेल पठाए। उनले जेन्सेनको राजीनामाको पारदर्शी अनुसन्धानको माग गरे। उनले यो पनि लेखे, ‘म जेन्सेनको साथमा छु।’

कर्मचारीले तर्क गरे कि निष्पक्षताको अर्थ त्यस्तो व्यक्तिबाट आफूलाई टाढा राख्नु होइन जसको नेतृत्व कम्पनीका लागि सबैभन्दा अर्थपूर्ण थियो। यो पोस्ट एक पूर्वएनभिडिया इन्जिनियरले आन्तरिक सुझाव बाकसमा पोस्ट गरेका थिए। उनले गहन अनुसन्धान सार्वजनिक गर्न र सीईओका रुपमा हुआङको निरन्तरताका बारेमा सबै कर्मचारीसँग औपचारिक रुपमा परामर्श गर्न आग्रह गरे। हुआङको राजीनामापछि २५ भन्दा बढी एनभिडिया कर्मचारीले लिंक्डइनमा आफ्नो समर्थन व्यक्त गरे।

हुआङले बिहीबार आफ्नो पदबाट राजीनामा दिए। उनले सहस्थापना गरेको कम्पनीसँगको सम्बन्ध समाप्त भयो। एनभिडियाले घोषणा गर्यो कि बोर्डले स्थायी उत्तराधिकारीको खोजी गर्दा कम्पनीकी प्रमुख वित्तीय अधिकारी (सीएफओ) कोलेट क्रेसले अन्तरिम सीईओको रुपमा काम गर्ने छिन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS